भारतले कब्जा जमाएको भुमिमा अनेरास्ववियुले फहरायो राष्ट्रिय झण्डा


३० कार्तिक २०७६, शनिबार
nepali jhansa 4

इलाम, ३० कार्तिक । भारतले अतिक्रमण गरेको  नेपाली भुमिमा  सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ ।
भारतिय सिमा सुरक्षा वल (एसएसबि)सँग प्रतिकार गरि इलामको सन्दकपुर गाउँपालिका वडा न. ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिबार नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।

केही समय अगाडि गांउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरुद्ध गरि भारतले कब्जा जमाएको उक्त क्षेत्रमा अनेरास्ववियुले झण्डा फहराए अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (एसएसबि)ले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो ।

झडपमा एसएसबिका एक जवान सामान्य घाइते भएका छन । अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निशेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन ।

कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।

यो पनि पढ्नुहोस्
भारतीय हस्तक्षेप विरुद्ध दलहरुबीच अभूतपूर्व राष्ट्रिय एकता
‘कालापानी हाम्रो हो, कुटनीतिक तवरबाट नभए अन्तराष्ट्रिय मञ्चमा जानुपर्छ’
भारतद्वारा नेपाली भूमि मिचेको ‘अस्वीकार’

भारतीय नक्सामा नेपाली भूमि प्रयोग  गरेपछि विरोध र वहस तातिरहेका छ । भने सरकारले यसको विरुद्धमा दलहरु बीच राष्ट्रिय एकता समेत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७