भारतीय हस्तक्षेप विरुद्ध दलहरुबीच अभूतपूर्व राष्ट्रिय एकता


२३ कार्तिक २०७६, शनिबार
Nepal VS India

काठमाडौं, कार्तिक २३ : भारतीय हस्तक्षेप विरुद्ध राजनीतिक दजहरु एक जुट भएका छन् । भारतले नेपाली भू-भाग पनि आफ्नो देशमा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि त्यसबिरुद्ध नेपालमा राजनीतिक दलहरू एक जुट भएका हुन् ।

भारतले नेपाली भूमि मिचेको भन्दै देशभर विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताहरूसहित दलका अध्यक्ष तथा नेताहरू सहभागी भएका थिए । बैठकमा सहभागी सबै नेताहरु नेपाली भू–भाग मिचिएकोमा एक मत भएका थिए ।

अपराह्न सुरू भएको छलफलमा प्रधानमन्त्री शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी थिए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै ज्ञवालीले लिपुलेक र कालापानी फिर्ता गर्न सरकारले भारतसँग प्रभावकारी रुपमा कूटनीतिक वार्ता गर्ने बताए ‘लिपुलेक र कालापानी क्षेत्र क्षेत्र निर्विवाद नेपालको हो भन्नेमा दुविधा रहेन। बैठकमा सबै दलबाट अभूतपूर्व सहमति प्रकट भएको छ,’ उनले भने, ‘यो सहमतिलाई आधार बनाएर सरकारले भारतसँग वार्ता गर्छ। नेपालको न्यायोचित भू–भाग फिर्ता लिनुपर्छ र यसका लागि सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्ने निर्णय भएको छ ।’

मन्त्री ज्ञवालीले समधानका लागि देशबीच नेपाल भारत संयुक्त सीमा कार्यदल, परराष्ट्र सचिवस्तरीय संयन्त्र र मन्त्रीस्तरको आयोग छ । तर सीमा कार्यदल कार्यदलेल कालापानी लगायतका विषयमा सम्वाद गर्न सक्दैन ।त्यसैले सरकारले अब कुन संयन्त्रमार्फत सम्वाद गर्ने भन्ने टुंगो लगाउनेछ । आवश्यक पर्दा प्रधानमन्त्री स्वयंमले आफ्नो समकक्षीसँग वार्ता गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७