उत्कृष्ट प्रस्तुति दिँदादिँदै भ्वाइसबाट बाहिरिइन रजनी ऋदम राई


३० कार्तिक २०७६, शनिबार
rajanirytham rai

काठमाडौं, ३० कार्तिक । रियालिटी सो भ्वाइस अफ नेपालबाट उत्कृष्ट प्रस्तुति दिदाँदिदै पोखराकी रजनी ऋदम राई बाहिरिएकी छिन् ।

भ्वाइस अफ नेपालबाट पोखराकी रजनी ऋदम राइ बाहिरिएकी छिन् । कम भोटका कारण बिहीबारको एसिसोडबाट टप १२ बाटै उनी बाहिरिएकी हुन् ।

भ्वाइसको लाइभ राउण्डमा दोस्रो इपिसोड उनी ‘वेस्ट पर्फमेन्स अफ द डे’को भएका थिइन् । 

शुक्रबारको सो समेत उनले तीन जना कोचबाट स्डेन्डिङ ओभियन्स पाएकी थिइन् । तर पनि उनी बाहिरिइन् । उनी बाहिरिएको घोषणा हुन साथ भ्वाइसको अन्य प्रतिष्पर्धीहरु धुरुधुरु रोएका थिए । मेचु धिमाल, ससिका राई, अन्जु राना मगर, राम लिम्बुलगायतका प्रतिष्पर्धी आँसु झारेका थिए । त्यसमध्ये पनि मेचु धिमाल समाहालिन्न नसकिन्ने गरि रोइन् ।

सामान्यता बाहिरिएको बेला बाहिरिन्ने प्रतियोगी भावहिवल हुन्छन् तर उनले भने अन्य प्रतिष्पर्धीलाई नरुनु, दुखी नबन्न आग्रह गर्दै आफू सशक्त महिला भएको बताइन् ।

छोरीको लागि भ्वाइस अफ नेपालमा आएको बताउँदै म आफु दुखी नभएको बताएको थिइन् । उनले भ्याइस अफ नेपालले छोरीलाई टिभीमा देखाउने, गीत सुनाउन पाएकोमा खुसी लागेको बताइन् ।

‘म एकदमै खुसी छु, एक पटक–दुई पटकमात्रै होइन , चारपल्ट छोरीले मलाई टिभिमा देख्यो । अनि मलाई पोखराले रजनी ऋदम राईको स्वरमात्रै चिन्नु भएको थियो, अहिले धेरैले पर्सनल चिन्नु हुन्छ’ उनले अगाडि भनिन, ‘यो अन्तिम होइन सांगितिक यात्रा जारी रहनेछ ।’

दार्जिलिङको उनी हाल पोखरामा बस्छिन् । भने उनको छोरी दार्जिलिङ छिन् ।

प्रतियोगिताबाट राम लिम्बु, बिकाश लिम्बु, सनिश श्रेष्ठ, अञ्जु राना मगर, गीता शर्मा, याङ्की योल्मो, बलबहादुर राजवंशी, सञ्जय महत, मेचु धिमाल, शशिका राई र आरिफ राउफ अन्तिम ११ मा पुगेका छन् । शनिबारको इपिसोड एक प्रतिष्पर्धी बाहिरिन्नेछ ।

 ‘वेस्ट पर्फमेन्स अफ द डे पाएकी प्रस्तुती

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७