२०७६ मंसिर १८ गते बुधबारको तपाईको राशिफल


१८ मंसिर २०७६, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतः धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
घर परिवारका सदस्यहरुबाट सहयोग पाईने छ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिने छ । बैदेशिक कार्य अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिए काम पुनः गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा समस्या आउँला । यात्रामा मालसामान हराउन सक्छ । चोट पटकको भय छ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउँला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउने छ । आर्थिक कारोवारमा बिवाद पनि आउँला, तर भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७