सागमा पुरुष खेलाडी भन्दा महिला सफल, नेपालले ४१ स्वर्ण जित्दा २३ महिलाले जिते


२० मंसिर २०७६, शुक्रबार
women gold medalist1

काठमाडाैं १९ मंसिर । जारी १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले आज(शुक्रबार)सम्म ४१ स्वर्ण जितेकाे छ ।

नेपालले १३ औँ सागमा जितेको सबैभन्दा धेरै स्वर्ण पदक जितेको छ । यसअघि नेपालले १९९९ मा घरेल भूमिमा भएको सागमा ३१ स्वर्ण जितेको थियो । नेपालले जितेको स्वर्ण पदकमा पुरुष खेलाडी भन्दा महिला खेलाडी सफल देखिएका छन् । नेपाल जितेको ४१ स्वर्ण पदकमा २३ वटा पदक महिला खेलाडीले जित्न सफल भएको छ ।

स्वर्ण पदक जित्ने खेलाडीहरु कराँतेको स्पष्र्धामा टिम काता (निर्मला तामाङ, संगिता मगर, सरु कार्की), कुसुम खड्का, अनु अधिकारी, सुनिता महर्जन र अनुपमा मगर रहेका छन् ।

यस्तै तेक्वान्दोमा सिना मादेन लिम्बु, पार्वती गुरुङ, आयशा शाक्य, पुम्से महिला टिम (निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना), पुम्से महिला टिम(निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई), संगीता बस्याल र काजल श्रेष्ठले स्वर्ण जितेका छन् । तेक्वान्दोमा आयशा शाक्यले दोहोरो स्वर्ण जितिन् । उनले तेक्वान्दोको २९ वर्ष माथिको पुम्सेमा सञ्जि कुमार पाण्डसँग स्वर्ण जितिन् ।

यसैगरी ट्रायथलन सोनी गुरुङ स्वर्ण जितिन् । उसुमा सुस्मिता तामाङ, निमा घर्ती मगर र जुनी राई स्वर्ण जित्न सफल भए ।

एथलेटिक्समा सन्तोषी श्रेष्ठ, साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ, साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ, पौडीमा गौरिका सिंह र भारोत्तोलनमा सन्जु चौधरीले स्वर्ण जित्न सफल भए । गौरी सिंहले दोहोरो स्वर्ण जितेकी छिन् । उनले पौडीको २०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोका स्वर्ण जितिन् ।

स्वर्ण पदक जित्ने खेलाडी
१. कराते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि) -विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी) -कुसुम खड्का
७.कराते (५० केजी मूनि) -अनु अधिकारी
८.कराते (६७ केजी)-नवीन रसाइली
९.कराते (६८ केजी) -सुनिता महर्जन
१०. कराते (६८ केजी) -अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७-२३ वर्ष ) -सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३-२९ वर्ष ) पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) -आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७-२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३-२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि) -काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) वीरबहादुर महरा
२०.ट्रायथलन सोनी गुरुङ
२१.डुवाथोलन हिमाल टमाटा
२२. उसु (थाउलो) विजय सिन्जाली
२३. उसु (थाउलो) सुस्मिता तामाङ
२४. उसु (थाउलो) -दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर) -सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजी मुनि) संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) सक्षम कार्की
३०. उसु (थाउलो(नान्दौ) निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी मगर
३२. साइक्लिङ (क्रस कन्ट्री) -बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) सन्जु चौधरी
३६. उसु (५६ केजी) जुनी राई
३७. एथ्लेटिक्स (५ हजार मिटर दौड) गोपीचन्द्र पार्की
३८. गल्फ (एकल) सुवास तामाङ
३९. गल्फ (टिम) पुरुष टिम
४०. भारोत्तोलन (८९ केजी) विकास थापा
४१. पाैडी २००मिटर ब्याकस्ट्रोक (गाैरीका सिंह)

याे पनि पढ्नुहाेस्

१३ औँ सागमा दोस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् पौडीमा इतिहास

जुनी राईले जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३६ पुग्यो

स्वर्ण जित्दै निमाले बनाइन् नयाँ इतिहास

कराँतेकी सुनिताले दिलाइन् स्वर्ण, जितपछि रोक्न सकिनन् हर्षका आँशु (फोटो फिचर)

सागमा नेपालको चमत्कार, भारतकी कवितालाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले जितिन् स्वर्ण

उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण

कुसुम खड्काले जितिन् स्वर्ण

कराँतेकी अनुले जितिन् स्वर्ण (फोटाे

दुई सन्तानका आमा आयशा शाक्यले दिलाइन नेपाललाई स्वर्ण

पार्वती गुरुङले जितिन स्वर्ण

सोनी गुरुङले जितिन ट्रायथोलनमा स्वर्ण

नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण (फाेटाेफिचर)

क्रस–कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले दिलाइन् स्वर्ण, उषालाई रजत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७