राष्ट्रियसभाका लागि कांग्रेसले टुंगायो उम्मेदवार, कुन प्रदेशबाट को ? (सुचीसहित)

काठमाडौं, २० पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार शनिबार बसेको पदाधिकारी बैठकले १६ जना उम्मेदवार तय गरेको हो।
रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो।
माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन छ। आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका छ।
यस्ता छनु्,उम्मेदवार
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश नं. २
१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३. मेराज हलवाई (बाँके) अल्पसंख्यक/अपाङ्गता
प्रदेश नं. ६
१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला