प्रदेश ३ को राजधानी विवाद जटिल मोडमा सहमति : जुटाउने प्रयास असफल


२१ पुष २०७६, सोमबार
84 Shares
NCP pradesh 3 nekapa

काठमाडौं,२० पुस । प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडा राख्ने या अन्यत्र भन्ने विषयमा सहमति जुटाउन बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठक विना निश्कर्ष सकिएको छ ।
नाम बागमतीमा धेरैले सहमति जनाए पनि राजधानीबारे धारणा बाझिएपछि बैठकले निश्कर्ष निकाल्न नसकेको हो । यद्यपी राजधानीका बारेमा सहमतिको प्रयास भने अझै जारी रहेको सांसदहरुको भनाइ छ ।

त्यसका लागि सोमबार बिहान नेकपाका केन्द्रीय सदस्यहरु र प्रदेश सांसदहरुको छलफल बोलाइएको छ । प्रदेशसभा बैठक बस्नुअघि नेकपाका केन्द्रीय सदस्य रहेका नेताहरुसँग छलफल गरिने सांसद पशुपति चौलागाईले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT


‘सहमतिकोे प्रयास जारी नै छ । केन्द्रीय सदस्यहरुसँग हुने छलफलपछि निश्कर्षमा पुग्न सकिन्छ भन्ने आशा छ,’ प्रदेश सांसद समेत रहेका नेकपाका केन्द्रीय सदस्य पशुपति चौलागइले भने, ‘भोलिको छलफलपछि एउटा खाका आउन सक्छ ।’


चौलागाईका अनुसार संसदीय दलको बैठकमा हेटौँडो पक्ष र विपक्षमा संसदहरु विभाजित भएका थिए । अर्का सांसद अष्टलक्ष्मी शाक्यले दुवैथरी धारणा आएकाले सहमति जुट्न नसकेको बताइन् ।

jagdamba.cement
rbbbb


‘दुवैथरी धारणा आएका छन् । कोही पार्टीको निर्णय ठीक छ भन्ने भए भने कोही हेटौँडा राजधानी कुनै हालतमा हुँदैन भन्ने भए’, नेकपा स्थायी समिति सदस्य समेत रहेकी सांसद शाक्यले भनिन्, ‘अझै सहमतिको प्रयास जारी छ ।’

नेकपा सचिवालयले प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा र नाम वागमती राख्न निर्देशन दिएपछि सांसदहरु पक्ष र विपक्षमा उभिएका हुन् । धेरैजसो प्रदेश सांसदहरुले प्रदेश सभाको अधिकारको ख्याल नगरी नेकपा केन्द्रले नाम र राजधानी तोक्न लगाएर हस्तक्षेप गर्न खोजेको गुनासो गर्दै कुनै हालतमा सचिवालयको निर्देशन पालना नगर्ने चेतावनी दिएका छन् ।

तीन नम्बर प्रदेशसभाको बैठक पुस २२ गतेबाट सुरु हुँदैछ । प्रदेश सभा बैठकमा प्रदेश राजधानी र नामाकरण पहिलो प्राथमिकतामा राखेर कार्यसुची बनाइएको छ । त्यसअघि राजधानी र नामका लागि सहमति जुटाउन भन्दै शनिबार र आइतबार बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा सांसदहरुबीच हेटौँडाको पक्ष र विपक्षमा देखिएपछि सहमति हुन नसकेको हो ।

प्रदेश तीनमा रहेका ११० सांसद मध्ये ८० जना सांसद नेकपाका छन् । तर धेरै जसो सांसद हेटौँडा राजधानी राख्दा चितवन र हेटौँडा बाहेका जनतालाई अपायक पर्ने भएकाले काभ्रे, भक्तपुर वा नुवाकोट राख्नुपर्ने पक्षमा छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७