लेबनानमा नयाँ प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन


२७ पुष २०७६, आईतवार
Lebanon anti tax movement

लेबनान, २७ पुस । लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौंले सडकमा प्रदर्शन गरेका छन् ।

राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेको जनाइएको छ । प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरुले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीहरुको सहयोगमा उहाँ प्रधानमन्त्री भएकाले उहाँलाई अस्विकार गरिएको उनीहरुको भनाई छ ।

अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीहरुलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीतासहित सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।

lebnan 1 1

देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ । तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुदै आएका छन् । उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उनले सरकार पुनर्गठन गर्न नसक्नु भएको हो ।
लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाई छ ।

आन्दोलनकारीहरुको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीहरुले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरुले स्वतन्त्र व्यक्तिहरुको सहभागीता सहिन सरकारको पुनर्गठन गर्न माग गरेका छन् ।

देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उनीहरु सक्षम रहने आन्दोलनकारीहरुको दाबी रहेको छ । तर नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनर्गठनका लागि असफल हुँदै आएका छन् । उनलाई सघाएका विभिन्न दलहरुको दवावका कारण उहाँले सरकार पुनर्गठन गर्न नसक्नु भएको हो ।

लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताहरुका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाई छ । रासस–सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७