सुमन राईको छैठौं एल्बम ‘बिन्दास’ सार्वजनिक


२३ पुष २०७४, आईतवार
bindas

ललितपुर : सुमन राईको छैठौं एल्बम ‘बिन्दास’ सार्वजनिक भएको छ । कुपण्डोलमा शनिबार एक कार्यक्रम गरि एल्बमको बिमोचन गरिएको हो ।bindas

सात गीत रहेको एल्बमको छ वटा गीत म्युजिक भिडियो समेत युटब मार्फत सार्वजनिक भइसकको राई बताए । सबै विधाका गीत समावेश गरिएको उक्तमा एल्बम फरक फरक गीतकारहरु रहेका छन् ।

एल्बमको ४ वटा गीतको निर्देशन तथा छायाँकन पत्रकार तथा निर्देशक जीबी लामाले गरेका छन् । यस्तै ‘पर्खि बस्नु सोल्टिनी‘ लाई बिज्ञान राना मगर र छैठैँ गीत ‘तिमी भन्दा’ बोलको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन अनिल कुमार महर्जनले गरेका छन् ।

दुई सय भन्दा बढी गीतमा संगीत भरेका सुमन राईले एक सय पचास भन्दा बढी गीतमा स्वर दिईसकेका छन् उनको बिन्दास एल्बमलाई जेनेक्स मिडिया प्रा। लि। ले यहि २०७५ सालको बैशाखमा बिमोचन गर्ने राई बताउछन ।

महर्जनले निर्देशन गरेकाे म्युजिक भिडियाे  फरक तरिकाबाट प्रस्तुत गरेका बताउँछन् । भिडीयो सुरु भएपछि सकेको थाहा नै हुँदैन किनकि उत्क्रस्ट निर्देशन र सम्पादन गरेका छन । गायक तथा संगीत सुमन राई, गीतकार सीताराम खड्का, संगीत संमयोजन कुमार थापा, कलाकार अनिस मगर, रोहानी लामा, रविन गहतराज, मुकेश राई, पृथ्बी बान्तावा राई रहेको छन् ।

पछिल्लो समयमा सार्वजनिक ‘तिमी भन्दा’ बोलको म्यूजिक भिडीयो सम्पादन तथा निर्देशन अनील कुमार महर्जनले गरेका हुन् । महर्जनले उक्त गीतलाई अन्यको भन्दा फरक तरिकाबाट प्रस्तुत गरेका छन् । यो गीतमा शब्द सिताराम खड्काको छ भने संगीत संयोजन कुमार थापाले गरेका छन् ।

भिडियोमा अनिस मगर, रोहानी लामा, रविन गहतराज, मुकेश राई, पृथ्बी बान्तावा राईको अभिनय छ । बिन्दास एल्बमलाई जेनेक्स मिडियाले आगामी वैशाखमा ल्याउने तयारी गरेको छ । हाम्रो प्रिति फुलाउने, आमा, रुप तिम्रो, पर्खी बस्नु सोल्टीानी, निस्ठुरीलाई मनमा राख्नु भिडियो यसअघि नै सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७