‘जमाना अनुसार थोरै ग्लामर’ त हुनै पर्‍यो नि : नायिका सगुन


प्रकाशित मिति : January 7, 2018

सगुन शाहीको नाम सुन्नै बित्तिकै जोकोहीले हट मोडलको रुपमा बुझ्ने गरेका छन् । चलचित्र ‘ढुवानी’ मा काम गरेपछि उनले निरन्तर रुपमा म्यूजिक भिडियोमा काम पाइरहेकी छिन् । मोडल शाहीले फिल्ममा भन्दा पनि लोक र आधुनिक गीतको मोडलिङमा देखिएको छ ।

थुप्रै लोकगीतमा काम गरिसकेकी सगुन मोडलिङसँगै फिल्ममा जम्ने चाहना राख्छिन् । तर उनले सोचे जस्तो भएको छैन । चर्चित नायिका बन्ने लक्ष्यको साथ संर्घषरत नायिका शाहीले निरन्तर काम गर्न पाउँदा खुशी लागेको बताइन् । करीब ९० को हारहारीमा भिडियोमा काम गरिसकेकी यी मोडलले लोकगीतमा काम धेरै गरेकी छिन् ।

‘ढुवानी’ पछि ‘स्टुडेण्ट लाइफ’ मा काम गरिसकेकी उनी अब ‘मेरो मान्छे’ मा काम गर्न लागेको बताउँछिन् । मोडल शाही ग्ल्यामरस रुपमा प्रस्तुत हुने गरेकी छिन् । जमाना अनुसार चलचित्रमा पच्नेसम्मको दृष्य दिन आफूलाई कुनै समस्या नहुने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्