यी हुन् अदालतमा परेका मानहानिका चर्चित मुद्दा


२६ पुष २०७४, बुधबार
supreme court adalat

काठमाडौं: प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भनेर दिएको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै तत्कालीन कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ।supreme court adalat

त्यस्तै माओवादी नेता बालकृष्ण ढुंगेल हत्या अभियोगमा दोषी ठहर भएपछि पक्राउ गर्न सर्वोच्चले दिएको आदेश नमानेको आरोपमा नेपाल प्रहरीका आइजिपी प्रकाश अर्यालविरुद्ध परेको अवहेलनाको मुद्दा विचाराधीन छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लाउडा विमान खरिदमा भएको भ्रष्टाचारको विषयमा बयान दिन बोलाउँदा अस्वीकार गरेर अदालतको अवहेलना गरेको मुद्दा खेपेका थिए । उनी अदालतलाई नारायणहिटी दरबारमा सार्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित भएका थिए । तर, त्यो मुद्दा त्यत्तिकै सेलायो ।

त्यस्तै, अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दामा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षड्यन्त्र गरेको’ तथा ‘अदालतले दिउँसै रात पार्दै छ’ भन्ने अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको मुद्दा खेपेका थिए । तर, अदालतको अवहेलना गर्ने मनसाय नरहेको स्पष्ट पारेपछि त्यो मुद्दा पनि अघि बढेन ।

द्वन्द्वकालमा पत्रकार डेकेन्द्र थापाको हत्या भएको विषयलाई फौजदारी न्याय प्रणालीमार्फत उठान गर्दा शान्ति प्रक्रियामा असर पर्ने बताउँदा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि अदालतमा उपस्थित हुनुपरेको थियो ।

चाल्र्स शोभराजको मुद्दामा न्यायाधीशहरूलाई गाली गरी अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता शकुन्तला थापालाई दोषी ठहर गर्दै सजायसमेत सुनाइएको थियो ।यो समचार नयाँ पत्रिकामा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७