बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण


२० फाल्गुन २०७६, मंगलवार
siddha baba

मोरङ, २० फागुन । अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले अदालतसामु आत्मसमर्पण गरेका छन् ।

उनले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले माघ ९ गते पुर्पक्षका लागि गिरीलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले जानकारी दिएका छन् ।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने भेउ पाएपछि उनी भारततिर भागेका थिए । उनी नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत झुक्याएर भारततिर भागेका थिए ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७