गायिका सरस्वती लामा : अङ्ग देखाउँदै, युवा भड्काउँदै


३ माघ २०७४, बुधबार
lama

‘उडि जाने हावाले’ गीतमार्फत गायक क्षेत्रमा छिरेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्छिन् । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् । उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।lama

तर, यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि ‘भल्गर’ गायिका भन्छन् । उनले सोमबार दाङ्ग यस्तै हर्कत देखाइन् । उनको त्यो भद्धा प्रस्तुती भद्र मानिसका लागि लाजमर्दो देखियो । माघीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सरस्वतीको अङ्ग प्रदर्शनबाट भड्किएका युवाहरुले थप उधुम मच्चाए ।

उनीहरुले गायिका लामा समाउन र लौरोले घोच्न समेत भ्याए । कला र क्षमताले कलाकार बनेका नेपाली कलाकारहरु सीमित छन् । असभ्यता प्रदर्शन गरेर कलाकारितामा चर्चा कमाएका थुप्रै कलाकारहरु भेटिन थालेका छन् । यस्तै चर्चा कमाउनेमध्येकी कलाकार हुन् सरस्वती लामा । सभ्यता र संस्कारको कसिले अल्झिएको भनिएको हाम्रो समाजभित्र यिनै अनुहारहरुको प्रस्तुतीले हरेकका चेतहरु भङ्ग गर्दै जबजरस्ती आकर्षणको फराकिलो बजार निर्माण भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७