अनुराधाको अनुहारमा नयाँ खुसी (फोटो फिचर)
सरकारले तीन नम्बर प्रदेशको प्रमुखमा माइती नेपालकी संस्थापक एवं समाजसेवी अनुराधा कोइरालालाई नियुक्त गरेको छ । माइती नेपाल संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती कमाएकी कोइराला २०१० को सिएनएन हिरोको उपाधी समेत जितेकी छिन् । प्रदेश प्रमुखमा नियुक्त भए लगत्तै कोइरालाको गौशलास्थित निवाशमा पुग्दा खुसीयाली छाएको थियो । माइती नेपालमा आबद्धहरुले उनलाई बधाई दिइरहेका थिए । निकै दंग मुद्रामा देखिएको कोइरालाले देशले दिएको जिम्मेवारी पुरा गर्ने बताइन् । उनले भनिन्, मलाई दिएको जिम्मेवारी एकदमै आनन्दपूर्वक गर्न सक्छु । म आफ्नो व्यक्तिगत लाभलाई त्यागेर समाजसेवा गरेर बसेकी मान्छे हुँ । सरकारले जिम्मेवारी दिएको हुनाले यसलाई देशले दिएको जिम्मेवारी भनेर ग्रहण गरेकी छु । प्रदेश प्रमुख नियुक्त भएपछि जिम्मेवारी थपिएको महशुस गरेकी छु । देशहितका लागि मैले सकेसम्म योगदान गर्न सक्छु ।’ उनको खुसीको पललाई नयाँ पेजका प्रबिन कुलुङ राईले यसरी कैद गरेका छन् । हेर्नुहोस् फोटो फिचर :-