विवेकको ‘भिड’मा निश्चल


९ बैशाख २०७७, मंगलवार
nischal

काठमाडौँ, ९ वैशाख । विश्व अहिले लकडाउनमा छ । संसारभरका मान्छेहरू अहिले कोरोना माथि विजय पाउन सङ्घर्ष गरिरहेका छन् । एक दिन सबै ठिकै हुनेछ भन्ने आशा लिएर मान्छेहरू बाचिरहेका छन् । आस छ र त जिन्दगी छ आशै नभएको भए जिन्दगी कहाँ बाकी हुन्थ्यो र ।

 कोरना कहर बिच गायक विवेक झाले आशाको गीत ‘भिड’ लिएर दर्शक श्रोता माझ आएका छन् । अहिलेको अवस्थामा धेरै मान्छेहरू निराशामा जीवन बिताइरहेका छन् । जीवन देखि थाकेका र हारेकाहरू आत्महत्या गर्न विवश छन् । आत्महत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस गीतमा गायक झाले वास्तवमा आत्महत्या अभिशाप हो , सङ्घर्ष नै जिन्दगी हो , बाँचुन्जेल सङ्घर्ष गर , समस्या अस्थायी हुन्छ , दुख सत्य हो , दिन पछि रात हुन्छ , रात पछि दिन हुन्छ त्यसैले हिम्मत नहार , मैदान नछोड भन्ने सन्देश दिन खोजेका छन् ।


गीतमा शब्द र सङ्गीत विवेक झाको रहेको छ। गीतको सङ्गीत संयोजन कोबिद बज्रले गरेका हुन् । स्वर, सङ्गीत र कलाको उत्कृष्ट संयोजन रहेको म्युजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ ।

यसअघि कमेडी भिडियोहरुमा प्राय देखिने निश्चलले आफ्नो मन छुने अभिनय बाट सबैको मन जितेका छन् । उज्ज्वल जोशीले भिडियो लाई छायाङ्कन र सम्पादन गरेका हुन् । रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

मृत्यु सबै खाले होस तर आफैले आफैलाई मार्नु नपरोस् । जीवनमा आफू सँग हार्नु जस्तो पीडा अरू केही हुन्न । मर्नु सरल छ जिउनु कठिन , यो दुनियाँ कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरू नै जिउँदा हुन्छन् लड्छन् र जिउँछन् भन्ने सन्देश दिन निर्देशक थापा सफल भएका छन् ।

ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। यस गीतलाई माया गरिदिन  ‘भिड’ टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७