काबुलमा चार वटा शक्तिशाली बम विस्फोट


२९ बैशाख २०७७, सोमबार
bom

काबुल, २९ बैशाख । अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चार वटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।

राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरुलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए । गए रातिदेखि काबुल शहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् ।

अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन् । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७