गायिका अञ्जु पन्तले भनिन्–‘यस पटकको भ्यालेन्टाइन–डे मेरा लागि स्पेशल हुनेछ’


१२ माघ २०७४, शुक्रबार
anju panta

काठमाण्डौं, १२ माघ : चर्चित गायिका अञ्जु पन्तको यस पटकको ‘भ्यालेन्टाइन–डे’ स्पेशल हुने भएको छ । उनले भ्यालेन्टाइन डेको अवसरमा एकल साँझ कार्यक्रम गर्ने भएकी छन् । उनको प्रस्तुतीमा रमाउनका लागि स्रोता तथा दर्शकका लागि पनि भ्यालेन्टाइन डे स्पेशल नै हुने भएको छ ।anju panta

उनका फ्यानले प्रेम दिवसका दिन सुमधुर गीतहरु सुनेर आनन्द लिन पाउने भएका छन् । बागबारस्थित साया हेल्लो क्याफे गजलबारमा १४ फेब्रुअरी अर्थात ‘भ्यालेनटाइन–डे’ का दिन गायिका अञ्जु पन्त एकल साँझमा प्रस्तुत हुँदैछिन् । जहाँ उनले प्रेममय आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने छिन् ।anju panta 1

गायिका पन्तले पनि भ्यालेन्टान डे आफ्नो लागि समेत स्पेशल बन्ने र स्रोतालाई मनोरञ्जन दिन कोशिस गर्ने बताएकी छन् ।
साया हेल्लो क्याफेमा यसअघि चर्चित गायक स्वरुपराज आचार्य, गायिका मिलन अमात्य, प्राश्ना शाक्य जस्ता गायक–गायिकाले आफ्नो प्रस्तुती दिइसकेका छन् । गुणस्तरीय खाना र स्तरीय गीत–संगीतले ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस क्याफेमा यसपालि भने अञ्जुले दर्शकलाई प्रेम दिवसको दिन मनोरन्जन दिलाउने पक्का भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७