प्रदेश नम्बर २ मा राष्ट्रिसभाको चुनाव नहुने


१५ माघ २०७४, सोमबार
nirbachan aayog 1

काठमाडौं: राष्ट्रिसभाको निर्वाचनको लागि दिइएको उम्मेदवार फिर्ता लिने समय सोमबार २ बजे सम्म निर्वाचन आयोगले दिएको थियो । आयोगले दिएको म्याद समाप्त भएसँगै प्रदेश नम्बर २ मा भने निर्वाचननै नहुने भएको छ । प्रत्येक प्रदेशबाट ८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनु पर्नेमा सबै सांसद निर्विरो निर्वाचित भएको कारण प्रदेश २ मा चुनाव नहुने निश्चित भएका हो ।

nirbachan aayog 1
फाइल तस्बिर

आयोगले दिएको उम्मेदवार फिर्तालिने समय सकिएपछि २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगले जनाएको छ। अब, २४ पदमा निर्विरोध भएपछि ३२ पदका लागि ५६ उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ ।

आयोगले सोमबार फाइनल उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ । आयोगका अनुसार प्रदेश दुईमा सबै ८ जना निर्विरोध निर्वाचित भएकाले त्यहाँ चुनाव हुने छैन । प्रदेश १ मा ६ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्देश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ। प्रदेश तीन र प्रदेश ६ का सबै ८ पदमा निर्वाचन हुने भएको छ । राष्ट्रिय सभामा ७ प्रदेशबाट ५६ जना निर्वाचित हुने व्यवस्था छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७