विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख नजिक

पछिल्लो २४ घण्टामा ब्राजिलमा भन्दा भारतमा धेरै संक्रमित


३ श्रावण २०७७, शनिबार
korona india 2

काठमाडौं, ३ साउन । विश्वभर कोरोना नियन्त्रणमा आउनुको सट्टा झनझन संक्रमण तीब्र बन्दै गएको छ ।

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ४३१ जनाले कोरोनाका कारण ज्यान गुमाएको वर्ल्डओमिटरले जनाएको छ । 

आज (शनिबार) विहानसम्मको तथ्याङ अनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ९८ हजार ४१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३४ हजार ९७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ९२९ जनामा संक्रमण देखिएको छ ।

अमेरिकापछि भारतमा धेरै संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३४ हजार ८२० जनामा संक्रमण पुष्टि भएको छ । भारतपछि ब्राजिलमा धेरै संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा ब्राजिलमा ३३ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज (शनिबार) बिहानसम्मको तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख ७४ हजार ३२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा एक हजार ११० जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलपछि अमेरिकामा धेरैको मृत्यु भएको छ । यस्तै अमेरिकामा ८२५, भारतमा ६७६, मेक्सिकोमा ६६८, कोलम्बियामा २५९, रुसमा १६८, पेरुमा १८४, दक्षिण अफ्रिकामा १३५, बेलायतमा ११४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७