लकडाउन खुलेसँगै काठमाडाैं उपत्यकाकाे बढ्दाे चहलपहल {भिडियाे}


१२ श्रावण २०७७, सोमबार
kathamandu valley

काठमाडाैं, १२ साउन । लकडाउन खुलेसँगै चहलपहल बढ्दा कोरोना भाइरसको संक्रमण थप तीव्र रुपमा फैलिने जोखिम बढेको छ । सरकारले संक्रमण दर कम भएको र सावधानी अपनाउनुपर्ने भन्दै चैत ११ देखि लागु भएको लकडाउन साउन ७ गते हटाएको थियो ।

लकडाउन हटेपछि शहरमा सवारी तथा मानिसको चाप एवम् चहलपहल बढेको छ । चहलपहल बढेसंगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा दिनहुँ संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय समुदायमा फाट्टफुट्ट संक्रमण देखिँदै गर्दा सरकार समयमै सचेत हुन नसके यसले खतरा निम्त्याउन सक्ने स्वास्थ्यबिज्ञहरुले चेतावनी दिएको छ ।

त्यस्तै पीसीआर परीक्षण गर्ने क्षमता पनि बढाउनुपर्ने र समूदायमा परिक्षण गर्नुपर्ने आवाज पनि उठेको छ । सरकारले भने लक्षण भएका, संक्रमितको सम्पर्कमा आएका, संक्रमण फैलिएको ठाउँबाट आएका र चिकित्सकले सिफारिस गरेका व्यक्तिलाई मात्र पीसीआर परीक्षण गरिने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७