साम्राज्ञीले यो कस्तो ठाउँमा हानेकी हुन् ट्याटु !


१९ माघ २०७४, शुक्रबार
samragree rajya

केहि दिनयता नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाएकी छिन् । तर, सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त तस्विरले अहिलेसम्म उनका शुभचिन्तकहरुको मनमा कौतुहलता र जिज्ञासा बढाइरहेको छ । साम्राज्ञीले यो तस्बिरमा ट्याटु शो गरेकी छिन् ।sam

उनले ट्याटुका लागि शरीरको फरक भाग रोजेकी छिन् । जसका कारण पनि उनको फ्यानहरुले अनौठो मानिरहेका छन् । उनको यो ट्याटु चलचित्रका लागि बनाइएको हो भन्ने अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के हो भन्ने वुझ्न कठिन पर्छ ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भइरहेको चलचित्र ‘कायरा’ को हाल फिलिपिन्समा छायाँकन भइरहेको छ । यहि चलचित्रका लागि उनले यो ट्याटु हानेको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यति मात्र होइन उनले हानेको ट्याटु नक्कली हो कि सक्कली हो भन्ने समेत उनका फ्यानहरुले अड्कलबाजी गरिरहेका छन् । केहि दिन अगाडि नायक आर्यन सिग्देलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसहितको एउटा तस्बिर सार्वजनिक गरेका थिए ।sa

सार्वजनिक तस्बिरमा आर्यनको घाँटीमा गितारको ट्याटु देखिएको छ । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’ का लागि बनाएका थिए । आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको बुझन् अनुमान गर्न गारो पर्दैन् । यसैले साम्राज्ञीको यो ट्याटु पनि यसैको सिक्वेन्स हो भन्ने बुझिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७