बालिका सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग


१३ आश्विन २०७७, मंगलवार
120048375 2767927476863979 7790469803234601451 n

काठमाडौं, १३ असोज । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ ।

‘घटना भएको ६ दिन पुगिसक्दा समेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष जोडदार माग गर्दछ’, सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

बझाङ जिल्लाको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको सङ्गठनले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट सङ्गठनका अनुसार घटना विवरणअनुसार बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिवमन्दिरभित्र उनको शव क्षत विक्षत अवस्थामा फेला परेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७