आज थपिएका २४ सय ४० कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१९ आश्विन २०७७, सोमबार
korona

काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामै थप २४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परीक्षणमा २४सय ४० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

२४ घण्टामा एक हजार १३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । देशभर २३ हजार ५ सय जना संक्रिय संक्रमति छन् ।

आज (सोमबार) कुन जिल्लामा कति संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा प्रदेश-१ को इलाममा १, उदयपुरमा ५, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५, संखुवासभामा १ र सुनसरीमा १ सय २२ जनामा कोरोना संक्रमण भेटिएको छ ।

प्रदेश-२ को धुनषामा १, पर्सामा ८, बारामा ८, महोत्तरीमा २, रौतहटमा ८४, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र एक हजार १७८ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा ३६, चितवनमा १ सय ३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १ सय ३, मकवानपुरमा १५, रामेछापमा १२, ललितपुरमा २ सय ५०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ६, गोरखामा १७, तनहुँमा १०, नवलपरासी पूर्वमा ६६, पर्वतमा ३, लमजुङमा २, बाग्लुङमा १८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश-५ को अर्घाखाँचीमा १३, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा ६, नलवपरासीमा ५, पाल्पामा ६, प्युठानमा ५, बर्दियामा ८, बाँकेमा २२ र रुपन्देहीमा ५८ जनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ३, रुकुम पश्चिममा १, सल्यानमा १, सुर्खेतमा ३० जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा १, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७