प्रदेश-२ सरकारको आफ्नै अनुसन्धान ब्युरो


२७ आश्विन २०७७, मंगलवार
pradesh 2

जनकपुरधाम, २७ असोज । प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना हुने भएको छ । प्रदेश सभाबाट आइतबार त्यससम्बन्धी विधेयक पारित भएपछि ब्युरो स्थापनाको बाटो खुलेको हो ।

प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ ।

ब्युरो आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहने छ । प्रदेश प्रहरीको डिआइजी, सोही पदबाट अवकाश प्राप्त वा त्यससरहका व्यक्ति ब्युरो प्रमुख हुनेछन्, जसको कार्यकाल तीन वर्ष हुनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७