२०७७ कार्तिक ९ गते आइतबारको तपाईको राशिफल


९ कार्तिक २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक कार्यमा सहभागी भईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा खर्च बढ्ने छ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । कहीं–कतैबाट कुनै उपहार प्राप्त होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वस्थ्य सम्बन्धी चिन्ता बढ्ने छ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुची बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्घ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । घरमा अतिथीको आगमन हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कर्यको सुरुवात गर्न सकिने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७