२०७७ कार्तिक १५ गते शनिबारको तपाईको राशिफल


१५ कार्तिक २०७७, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । प्रेममा मधुरता छाउने छ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सामाजिक कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । रतिरागपनि बढ्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदा पनि हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ, हानी, सुख, दुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेको कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्यामा सफलता पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७