२०७७ कार्तिक १८ गते मंगलबारको तपाईको राशिफल


१८ कार्तिक २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । बित्तीय संस्थाबाट सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्ने छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । रमाइलो यात्राको योग समेत रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अचल सम्पती हात पर्ने योगछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुची रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यापार व्यवसायमा वृद्धि र आम्दानीका स्रोत पनि बढ्ने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काम गर्ने हौसला मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । व्यापार व्यवसायमा वृद्धि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम सुरू गर्न सकिने छ । नयाँ व्यक्तिसँग भेटघाट हुने समयछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरूलाई प्रभावित पारेर काम बन्ने छ । नयाँ कार्यको योजना बन्ने छ । सहयोगी हातहरू अघि बढ्ने र मित्र सुख मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईने छ । नयाँ कार्यको थालनी हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७