कोरोनाबाट थप २० जनाको मृत्यु, नेपालमा मृत्तक संख्या एक हजार नाघ्यो


१८ कार्तिक २०७७, मंगलवार
KRG Galkot 3634 scaled

काठमाडौं, १८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २० जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सं एक हजार चार जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो (सोमबार) कोरोनाबाट २३ जनाको ज्यान गएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४७६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७