इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या


१ मंसिर २०७७, सोमबार
ethiopia 1

आदिस अबाबा, १ मंसिर । अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

इथियोपियाको मानवअधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए ।

आयोगले आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने खुलाएको छैन । हालैका महिनाहरुमा बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय समूहहरुबीच हिंसात्मक झडपहरु हुने गरेका छन् । यी आक्रमण–प्रत्याक्रमणबाट सयौं व्यक्तिको ज्यान जानुका साथै हजारौं मानिस विस्थापित भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७