मन्त्रिपरिषद बैठकले गर्‍यो नियुक्ति र बढुवासहितका यी १९ निर्णय (निर्णयसहित)


५ मंसिर २०७७, शुक्रबार
parbat gurung

काठमाडौं, ५ मंसिर । मन्त्रिपरिषदको वैठकले नियुक्ति र बढुवालगायतका विभिन्न १९ निर्णय गरेको छ ।

कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले नियुक्ति र बढुवालगायतका निर्णयहरु गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुले आज (शुक्रबार) मन्त्रिपरिषदले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेका छन् ।

उक्त निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा भई नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ ।

Pro Ktm Sancharmantri Pressmeet2
मन्त्रिपरिषद वैठकका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री गुरुङ

बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका–३१ का उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गरेको छ ।
त्यस्तै डा. लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा नियुक्ति दिई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय वा अन्तर्गत पदस्पथापन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

बैठकले अमेरिकाको सान डियागोमा कार्यरत अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकालको कार्यकाल २०७६ असोज २२ गतेदेखि लागू हुने गरी चार वर्षको लागि थप गर्ने र कोलम्बियाको बोगोटामा डा. सोराया स्टेला कारो भरगासलाई चार वर्षको लागि अवैतनिक नेपाली वाणिज्यदूत पदमा नयाँ नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरु

c
c1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७