२०७७ मंसिर १४ गते आइतबारको तपाईको राशिफल


१४ मंसिर २०७७, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकाएको भय रहने छ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शिक्षामा सफलता मिल्नेछ । महवपूर्ण कामको थालनी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साथीभाइसंग समय बित्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७