लेस्टर सिटीसँग चेल्सी पराजित


७ माघ २०७७, बुधबार
116585024 jamesmaddison

काठमाडौं, ७ माघ । चेल्सीमाथि सहज जित निकाल्दै लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा चेल्सीमाथि २–० को सहज जित निकाल्दै लेस्टरले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको हो ।

लेस्टरको जितमा विलफ्रेड एनडिडि र जेम्स म्याडिसनले गोल गरे । जितसँगै शीर्षस्थानमा उक्लिएको लेस्टरको १९ खेलबाट ३८ अंक पुगेको छ । एक खेल कम खेलको युनाइटेडको ३७ तथा दुई खेल कम खेलेको सिटीको ३५ अंक छ । पराजित चेल्सी २९ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ । चेल्सी शीर्षस्थानको लेस्टरसँग ९ अंकले पछि परिसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७