प्रधानमन्त्री ओलालाई अमेरिकी राष्ट्रपति ट्रम्पको शुभकामना
काठमाण्डौं, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्म दिनको शुभकामना दिएका छन् ।
शुक्रबार नेपाली समय अनुसार दिउँसो अमेरिकास्थित नेपाली राजदूतावासमार्फत ट्रम्पले ओलीलाई शुभकामना सन्देश पठाएका हुन् ।
सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामनान दिएका छन् । शुभकामना सन्देशमा दुई देशबीचको दुई पक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ ।