अक्षयकुमारले दिए कोरोना पीडितका लागि एक करोड


१२ बैशाख २०७८, आईतवार
akshya kumar help of farmers giv the rs lakh 56b80e77eee54

नयाँदिल्ली, १२ बैसाख । बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड दिएका छन् । उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् ।

गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी गराएका छन् । ‘दुःखद समयमा हरेक एकको मद्दत आशाको किरण जस्तै हो । अक्षयकुमारलाई पनि धन्यवाद भन्न चाहन्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सिजनका लागि गौतम गम्भिर फाउन्डेशनलाई एक करोड सहयोग गर्ने बचन दिएका छन् । भगवान उनलाई आर्शिवाद दिनुहोस्’ गौतमले ट्वीटमा लखेका छन् ।

अक्षयले पनि गौतमको उक्त ट्वीटलाई रिप्लाई गरेका छन् । अक्षयले लेखेका छन्, ‘यो साँच्चिकै मुस्किलको समय हो । मलाई खुसी लागेको छ, कि म मद्दत गर्नसक्छु । आशा गर्छु, छिट्टै यो समय पार होस् ।’ अक्षयको यस्तो मद्दत यो पहिलो भने होइन । गत वर्ष कोभिडको दौरानमा अक्षयले पीएम केयर्स फन्डमा २५ करोड दान दिएका थिए भने बिहार र असमका बाढी पीडितका लागि समेत उनले एक एक करोड दान दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७