नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने


१७ बैशाख २०७८, शुक्रबार
football rmHXojuj5i

काठमाडौं, १७ बैसाख । राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जानकारी दिएको हो । नेपाल र इराकबीचको खेल बसराह रंगशालामा आगामी जेठ १५ गते (२९ मे) मा हुने एन्फाले बताएको हो ।

कतार विश्वकप २०२२ छनोटका बाँकी खेलको तयारीका क्रममा इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । विश्वकप छनोटमा बहराइनसँग खेल्नुअघि इराकले ताजकिस्तान र नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ ।

विश्वकप छनोटको समुह सी मा रहेको इराक फिफा बरियतामा ६८औँ स्थानमा रहेको छ । समूह बी मा रहेको नेपाल फिफाको वरीयतामा १७१ औँ स्थानमा छ ।नेपालले आफ्नो विश्वकप छनोटका खेल अन्तर्गत अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्ध खेल्न बाँकी छ ।

ती खेलहरु गत चैतमा दशरथ रंगशालामा हुने भनिए पनि कोरोनाको कारण देखाउँदै एएफसीले नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने तय गरेको थियो । नेपाल र इराकले पछिल्लो पटक सन् २००१ अप्रिलमा विश्वकप छनोटमा खेल्दा नेपाल ४–२ ले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७