अस्पतालमा शैंया खोज्दा–खोज्दै एम्बुलेन्समै गयो वडा सदस्यको ज्यान


२४ बैशाख २०७८, शुक्रबार
nabin thapa magar

बुटवल, २४ बैसाख । बुटवलमा एक कोरोना संक्रमित जनप्रतिनिधिले अस्पतालमा शैंया खोज्दा खोज्दै एम्बुलेन्समै ज्यान गुमाउनु परेको छ ।
बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दा–खोज्दै एम्बुलेन्समै ज्यान गएको हो ।

नगर प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दा चहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पु¥याइएको थियो ।

‘तीन वटै अस्पताल पुर्‍यायौं । तर कतै पनि बेड पाएनौ,’ भट्टराईले भने, ‘अन्ततः उहाँको एम्बुलेन्समै निधन भयो ।’ उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए । स्व. नविनका श्रीमती र एक छोरी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७