२०७८ जेठ १ गते शनिबारको तपाईको राशिफल


१ जेष्ठ २०७८, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरित वर्गप्रति आकर्षण बढ्ने छ । समाजको हितमा पनि मन जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । पठनपाठनका क्षेत्रमा केही सुधार होला । बोलीको प्रभावकारिता बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभ कार्यको योजना बन्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव बढ्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
श्रमको उचित मूल्याङ्कन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कार्य सम्पादनमा सहजता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन सम्हाल्न आवश्यक हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्ने छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७