नेपाल सुपर लिग : उपाधिका लागि काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै


१ जेष्ठ २०७८, शनिबार
NSL Cup

काठमाडौं, १ जेठ । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाडौ रेजर्स र धनगढी एफसी भिड्दै छन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा शुरु हुनेछ ।

लिगमा काठमाडौ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्लेअफमा काठमाडौलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाडौले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।

समूह चरणको खेलमा पनि धनगढीले काठमाडौलाई ३–० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्चोङ र विकेश कुथुबीचको प्रतिष्पर्धाका रुपमा पनि लिइएको छ ।

धनगढीको कप्तानी किरणले र काठमाडौको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७