१२ वर्षपछि इजरायली प्रधानमन्त्री नेतान्याहु पदमुक्त


३१ जेष्ठ २०७८, सोमबार
Benjamin Netanyahu 8pXruH9X0z

काठमाडौं, ३१ जेठ । इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिएका छन् । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु बाहिरिएको बीबीसीले जनाएको छ ।

१२० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् । नेतान्याहुले ५९ मत प्राप्त गरे । पाँच पटक इजरायलको प्रधानमन्त्री बनेका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री थिए ।

विपक्षी गठबन्धनको सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्ने छन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्नेेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७