नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ बजारमा


३१ जेष्ठ २०७८, सोमबार
d9695b7805dda27897ccaa12fef66323 w1000 h500 cp
?????????????????????????????????????????????????????????

काठमाडौं, ३१ जेठ । लेखक नयनराज पाण्डेको नयाँ पुस्तक ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी रहेको भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

पाठकलाई नयाँ फ्लेबर दिन फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको जनाएको छ । निषेधाज्ञाका कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो । यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ वटा लामा कथा समावेश छन् ।

‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु ।’

‘जियरा’ मा संग्रहित कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ । मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्रह ‘जियरा’ मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शैली अपनाएका छन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७