२०७८ असार ७ गते सोमबारको तपाईको राशिफल

शिव भाद्र स्वाति, निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) विश्व योग दिवस / संगीत दिवस


७ असार २०७८, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको योजना बन्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । स्वादिष्ट भोजन पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सुन्दर शेयर बजारबाट पनि लाभ मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउन सक्छ । आर्थिक समस्या पनि खेप्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुनेछ

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ । धार्मिक यात्राको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बन्धु बान्धवबाट सहयोग मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । जोश, जाँगर र हिम्मत बढ्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा सहजता मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आत्मिक सन्तुष्टि मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट सहयोग मिल्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७