कोपा अमेरिका फुटबल : अर्जेन्टिना क्वार्टर फाइनलमा


९ असार २०७८, बुधबार
Argentina vs Paraguay CA 20210623003406

काठमाडौं, ९ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा पराग्वेलाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो ।

ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बनेको थियो। खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। एन्जल डी मारियाले उपलब्ध गराएको पासमा गोमेजले सुन्दर गोल गरेका थिए ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा तीन खेलबाट सात अंक जोडेर शीर्ष स्थानमा छ । अर्जेन्टिनासँग साँघुरो पराजय बेहोरेको पाराग्वे तीन अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहँदा उरुग्वे दुई खेलबाट एक अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।

अर्जेन्टिनाले अन्तिम खेलमा बोलिभियाको सामना गर्नेछ । यी समूहको अर्को खेलमा उरुग्वे र चिलीले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा चिलीले सुरुआती अग्रता जोगाउन नसक्दा उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको हो ।

चिलीका एडवार्डाे भर्गासले गोल गर्दा उरुग्वेले आर्टुरो भिडालको आत्मघाती गोल उपहार पाएको थियो । खेलको २५औं मिनेटमा एडवार्डाे भर्गासको गोलबाट चिलीले अग्रता लिएको थियो । उनले बिन बेरेन्टेनको पासमा गोल गरेका थिए । ६५औं आर्टुरो भिडालले आत्मघाती गोल गरेपछि उरुग्वेले खेल १–१ गोलको बराबरी गरेको थियो । लुइस स्वारेजको प्रहार भिडाललाई लाग्दै गोलमा परिणत भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७