बलात्कारको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, सिन्धुपाल्चोकका युवक पक्राउ


१० असार २०७८, बिहीबार
santoshi hatya

काठमाडौं, १० असार । विभिन्न पशुपंक्षीको आवाज नक्कल गरेर युट्युबमा ‘भाइरल’ बनेकी सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीले सन्तोषीको हत्या अभियोगमा काठमाडौं वौद्धबाट सिन्धुपाल्चोक घर भएका अन्दाजी २१ वर्षीय सुरेश तिम्सिनालाई पक्राउ गरेको हो । पक्राउ परेका युवक दक्षिणकालीस्थित एक वर्कसपमा काम गर्छन् ।

प्रहरीका एक अधिकारीका अनुसार तिम्सिनाले शुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ ।
दक्षिणकाली मन्दिर परिसरमा मंगलबार बिहानै एक जना महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिला तर्सिएका थिए ।

crime

स्थानीय महिला आत्तिएर त्यहीं नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो । महानगरीय प्रहरी परिसर महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो । ‘उनले शुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षत विक्षत हुने गरी प्रहार गरेको पाइयो,’ ती अधिकारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७