जापानमा हुने फुटबल खेलको लागि नेपाली टोली छनोट


१७ फाल्गुन २०७४, बिहीबार
sports japan

टोकियो,१७ फागुन । जापानको सिजुओमा हुँदै आएको अण्डर १२ कोपा पुमा टोरेरस फुटबल टुर्नामेन्टको लागि नेपाली टोली छनोट गरिएको छ । फन रुट्स एकेडेमीका प्रशिक्षक समेत रहेको नेपाली पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको उपस्थितिमा गत साता पोखरा रंगशालामा १२ सदस्यीय टोली छनोट गरिएको हो ।sports japan

छनोट हुनेमा अजित श्रेष्ठ, साईमन गौचन, अनिल सूचिकार, राजकुमार गुरुङ, सुवास गुरुङ, मनिष क्षत्री, रितेश गुरुङ, मनिष सिंजाली, मनोज विश्वकर्मा, अनुपम श्रेष्ठ, श्रयस थापा मगर र नर्बु लामा रहेका छन । नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अष्ट्रेलिया, कोरिया, चीन, ताईवान, घाना लगायतका १२ मुलुकका टिम सहित जापानका करिव दुई दर्जन क्लवसंग प्रतिस्पर्धा गर्ने छन् ।

तेश्रो संस्करणको सो प्रतिस्पर्धामा पहिलो हुने क्लवले युरोपमा हुने अण्डर १२ समुहका अन्य प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन । गत वर्ष कुल ४० टिममध्ये १४ स्थानमा अव्वल बन्न नेपाली खेलाडीहरुलाई जापानी सहित विदेशी प्रशिक्षकहरुले प्रशंसा गरेका थिए। यस पटक भने सहभागि हुन लागेका खेलाडीहरु ‘फिट एण्ड फाईन’ छन, टोकियोमा नेपाली संचारकर्मीहरुसंग कुराकानी गर्दै मुख्य प्रशिक्षक समेत रहेका पूर्व राष्ट्रिय खेलाडी गौचनले भने लिग चरणमा अन्तिम उच्च स्कोरकर्ताहरुवीच उपाधीका लागि भिडन्त हुने प्रतिस्पर्धामा नेपाली खेलाडीहरुले यस पटक कुनै गल्ती नगरि राम्रो नतिजा ल्याउने गौचनको दावी छ।

जापानको सिजुओका राज्यको गोतेम्वामा आगामी मार्च ३० देखि अप्रिल एक तारिकससम्म तीन दिन चल्ने प्रतियोगिताका लागि नेपाली खेलाडीहरु भने मार्च २७ तारिकका दिन टोकियो आईपुग्ने प्रशिक्षक गौचनले जानकारी दिए ।

यसैवीच तेश्रो संस्करणको कोपा पुमा कप फुटवलमा सहभागि हुने नेपाली खेलाडीहरुलाई सहयोगका लागि यस पटक पनि च्यारिटि डिनर लगायतका सहयोगी कार्यक्रम गर्न लागिएको छ। व्यक्तिगत खर्चमा जापान आउन लागेका नेपाली खेलाडीहरुका लागि आर्थिक स्रोत जुटाउन दाता तथा सहयोगी संघसस्थाहरुमा अपील गरिएको छ।

मुख्य प्रशिक्षक वसन्त गौचनका अनुसार अण्डर १२ का वाल खेलाडीहरुको हौसला बढाउन तथा जापान वसाई सहज बनाउनका लागि गत वर्ष सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिदै यस पटक पनि आर्थिक सहयोगका लागि विशेष अपील गर्नुभएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७