कांग्रेसमा आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्य, बुझाइयो १३ पृष्ठको प्रतिवेदन

प्रतिवेदनमा कल्याण गुरुङको फरक मत


१२ श्रावण २०७८, मंगलवार
pratibedan congress1627366168

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले प्रतिवेदन बुझाएका छन् ।

आज (मंगलबार) प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको छ । आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवदेन बुझाइएको बताइएको छ ।

प्रतिवेदनमा कल्याण गुरुङको फरक मत

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् । ‘क्रियाशील सदस्यतासम्बन्धी सक्कल डकुमेन्ट नआइकन प्रतिवेदन तयार पारिएकाले मैले फरक मत राखेको छु’ गुरुङले भने । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको छ ।

क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद छ । यही विवादका कारण कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

आजदेखि हुने भनिएको वडाका अधिवेशन स्थगित गरिए पनि अर्को तालिका तय भएको छैन । यस विषयमा आजको पदाधिकारी बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

हेर्नुस् प्रतिवेदन

1 13
2 12
3 8
4 4
5 3
6 1
7 1
8 1
9 2
10 1
11 1
12 1
13 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७