माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट


३० श्रावण २०७८, शनिबार
Perishdanda 2

काठमाडौं, ३० साउन । सत्ता पक्षीय नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (शनिबार) बाट शुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट शुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

यसअघि साउन २० गतेका लागि बोलाइएको बैठक शनिबारका लागि सारिएको थियो । मन्त्रिपरिषद् बिस्तारलगायत विषयमा केन्द्रित हुनुपर्ने भन्दै बैठक सारिएको थियो । तर, मन्त्रिपरिषद् भने बिस्तार हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७