लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ बजारमा


१७ आश्विन २०७८, आईतवार

काठमाडौं, १७ असोज । पत्रकार तथा लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा शनिबार अभिनेत्री गौरी मल्ल, लेखक तथा पत्रकार अश्विनी कोइराला, लेखक आचार्य र पाठक कुशल घिमिरेले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

‘ब्लु डायरी’ विमोचन कार्यक्रममा अभिनेत्री मल्लले आफूले पुस्तकको पात्रका रुपमा आफूलाई अनुभूत गरेको बताउँदै यो पुस्तक हरेकको जीवनसँग मेल खाने खालको रहेको बताइन् । उनले पुस्तक पढेर जीवनबारे सबैलाई आग्रह समेत गरिन् । लेखक कोइरालाले पुस्तक निकै फरक सन्दर्भ र सरल भाषा–शैलीमा लेखिएको हुनाले सबै पाठकको मन जित्न सफल हुने बताएकी छन् ।

त्यस्तै, लेखक आचार्यले आफूले यो पुस्तकबाट आफूले धेरै अपेक्षा राखेको बताए । उनले पुस्तक मन परे ताली र मन नपरे गाली गर्न पाठकलाई आग्रह समेत गरे । पुस्तक आफुलाई प्रिय भएको र अब यो तपाईंहरुको पनि प्रिय बन्ने अपेक्षा गरेको बताए । बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ मात्र रहेको छ । यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७