साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी सीमा क्षेत्रमा मारिए


१८ आश्विन २०७८, सोमबार
saudi

काठमाडौं, १८ असोज । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमा क्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबरजस्ती साउदी अरेबिया छिर्न खोज्ने क्रममा मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका हुन् । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका अधिकारीहरुले जनाएका छन् । सीमा क्षेत्र पार गरेर सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए ।

त्यसक्रममा अरु २१ जना घाइते भएका छन् । घाइतेहरुलाई यमनी अस्पतालमा पुर्‍याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौं आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्त भइरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७