अफगानिस्तानमा एक महिनामै २५० आइएस लडाकु पक्राउ


५ कार्तिक २०७८, शुक्रबार
17829320 303 mlpKutTrjJ

काठमाडौं, ५ कातिक । अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकुहरु पक्राउ पर्न थालेका छन् ।
सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २ सय ५० जना आइएस लडाकू पक्राउ परेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरे पनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।

‘पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,’ टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।

पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरुसमेत बरामद गरिएको उनले जानकारी दिए । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको उनले दाबी गरे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७