पारस शाहलाई भेटेपछि कमेडियन भरत पौडेलले भने, ‘उहाँको झन ठूलो फ्यान भएँ’


९ कार्तिक २०७८, मंगलवार
248728389 760691044739217 6362394096708551936 n

काठमाडौं, ९ कात्तिक । कमेडियन भरतमणि पौडेलले पूर्व युवराज पारस शाहसँग भेटघाट गरेका छन् । शुक्रबार भरतमणिले पारससँग भेट गरेका हुन् । शाही शक्ति नेपालका अध्यक्ष मुनेन्द्र राजभण्डारीमार्फत भरतमणिले पौडेलसँग भेट गरेका हुन् ।

भेटमा पारसले पौडेलले गरेको आफ्नो क्यारिकेचर मन परेको बताएका थिए । ‘उहाँले मेरा अरू प्रस्तुति पनि हेर्ने गर्नुभएको रहेछ’, भरतमणिले भने, ‘मैले गरेको उहाँको क्यारिकेचरलाई लिएर उहाँले फन्नी–फन्नी दामी थियो भन्नु भयो ।’ पारसले आफूले गरेको अन्य कमेडी प्रस्तुति पनि हेरेको भरतले बताए ।

‘उहाँले बिक्की अग्रवाल, सन्तोष थापा, सुमन कोइरालालगायतलाई पनि चिन्नुहुँदो रहेछ’, भरतले भने, ‘उहाँ नेपाली संगीत र कमेडी फिल्डका धेरै व्यक्तिलाई चिन्नु हुँदोरहेछ । सकेसम्म सबै हेर्ने गरेको उहाँले बताउनु भयो । मत उहाँको झन ठूलो फ्यान भएँ ।’

उनले नकारात्मक प्रतिक्रियाहरुलाई नजरअन्दाज गरेर अगाडि बढ्न सुझाए । काम गर्ने क्रममा धेरैले खुट्टा तान्ने भन्दै सकारात्मक प्रतिक्रिया र सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न आफूलाई सुझाव दिएको भरतमणिले बताए । कमेडी च्याम्पियन सिजन–२ मा पारसको नक्कल गरेपछि भरतमणि लोकप्रिय भएका थिए । उनले सिजन–२ को उपाधि पनि जितेका थिए ।

पारसले आफू ‘स्वतन्त्रताको पक्षमा रहेको तर फल गरेको पक्षमा कार्ड देखाउने रेफ्री हुनुपर्ने’ बताएको भरतमणिले जानकारी दिए । ‘म डेमोक्रेसीको पक्षमा छु । अहिले नेपालमा रेफ्रीबिनाको गेम भइरहेको मलाई महसुस भइरहेको छ’, पारसलाई उद्धृत गर्दै भरतमणिले भने, ‘तर अहिलेको पुस्तालाई सबै कुरा थाहा छ । यसलाई राज्य व्यवस्थाले सम्बोधन गर्नुपर्छ । अहिलेको व्यवस्था गलत होइन, व्यवस्थापन गर्ने मान्छे गलत हुन् । तर, व्यक्ति विशेषलाई उहाँले केही भन्नु भएन ।’ पारसले देशको शक्ति युवा भएको र उनीहरूको माग राज्य व्यवस्थाले सम्बोधन गर्नुपर्नेमा जोड दिएको भरतमणिले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७